Home  
Janahit Voice

नेविसंघका दुई समूहको नाराबाजी पार्टी कार्यालय प्रवेशमा रोक पछि भोलि देउवाको घर घेर्ने चेतावनी

२४ श्रावण २०८०, बुधबार

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच माउ पार्टी कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।

सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका थिए।

शेर्पा अध्यक्ष रहेकै समितिलाई १६ महिनापछि गत सोमबार बेलुकी १० बजे सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गर्दै विस्तार गरेका थिए।

नेविसंघ ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै आलोचना भइरहेको छ। नेविसंघ विधानमा १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तर नेताहरूबीच भागबन्डा गरी नेविसंघको जम्बो तदर्थ समिति ल्याइएको हो।

दुजाङ शेर्पा नेतृत्वको ७११ सदस्यीय नेविसंघ र समानान्तर समिति घोषणाका लागि पुगेको नेविसंघ असन्तुष्ट पक्ष बुधबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालयअगाडि सडकमा आमनेसामने भएका हुन्।

दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि भोलि सभापति देउवाको घर घेर्ने नेता रावलले चेतावनी दिएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *