Home  
Janahit Voice

उच्चस्तरीय समिति गठनले अहिलेको छानबिनलाई ओझेलमा पार्छ : वामदेव

२४ श्रावण २०८०, बुधबार

काठमाडौं – राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायत प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै भाडिने बताएका हुन्।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने मागले अहिलेको अनुसन्धान नै प्रभावित हुने उनको भनाइ छ ।

सांसद गौतमले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउने प्रस्ताव आएको छ। त्यसमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री पनि संलग्न हुनुहुन्छ त्यसकारण उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ भनेर यहाँ पनि सांसदहरूले बोल्नुभयो। हिजो प्रतिनिधिसभामा पनि कतिपय माननीयहरूले बोल्नुभयो। क्षेत्राधिकार कहाँसम्म पुग्ने भन्ने हुन्छ। त्यहाँ प्रधानमन्त्री, अर्थतमन्त्री, गृहमन्त्रीसम्म प्रवेश गर्न अधिकार माग उठ्छ। प्रधानमन्त्रीलाई निलम्बन गर्ने व्यवस्था छैन, प्रधानमन्त्रीले राजीनामा गर्नपर्छ। राजीनामा गरेपछि अर्को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुन्छ। जसले यो छानबिनलाई ओझेलमा पार्छ। त्यसले कामै गर्नसक्ने स्थिति उत्पन्न हुन्न।’

उनले सरकारका निकायले नै छानबिन गरिरहेकाले पर्खनुपर्ने र त्यसपछि मात्र उच्चस्तरीय समितिको माग गर्नुपर्ने धारणा व्यक्त गरे ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *