Home  
Janahit Voice

मनसुन सुरू भएयता बाढी-पहिरोबाट ४१ जनाको मृत्यु, ३१ बेपत्ता, ५५ जना घाइते

२५ श्रावण २०८०, बिहीबार

काठमाण्डौं- गत ३१ जेठ बाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट ४१ जनाको मृत्यु, ३१ जना बेपत्ता ra ५५ जना घाइते भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

उसका अनुसार बाढी-पहिरोका कारण संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ जना हराइरहेका छन्। बेपत्ता भएकाहरू मजदुर रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनीहरू सुपर हेवा हाइड्रोका मजदुर रहेको प्रशासनले बताएको छ।

पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा ३-३ जनाको मृत्यु भएको छ। काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडीमा २-२ जनाको मृत्यु भएको छ।

बाढी-पहिरोले १ सय ३२ घरमा पूर्ण क्षति र १ सय ९४ घरमा आंशिक क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी-पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *