Home  
Janahit Voice

बागलुङमा ६ नाल भरुवा बन्दुक फेला

२५ श्रावण २०८०, बिहीबार

ढोरपाटन -बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ।
बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *