Home  
Janahit Voice

सुन तस्करी प्रकरणमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ

२६ श्रावण २०८०, शुक्रबार

काठमाडौं-करिब एक सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिक द्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ । यही प्रकरणमा यसअघि विमानस्थलबाट एक अर्का चिनियाँ नागरिक पक्राउ परेका थिए ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुनको यकिन परिमाण अझै आएको छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *