Home  
Janahit Voice

कपनमा सात तले क्षेत्रमा डोजर चलाउन नापी कार्यालयमा नक्सा भिडाइँदै

२६ श्रावण २०८०, शुक्रबार

काठमाडौँ – कपन सात तले क्षेत्रमा खोला अतिक्रमण गरेर बनाएका भनिएका संरचनाको नक्सा भएनभएकोबारे नापी कार्यालय चावहिलमा नक्सा भिडाउने काम भइरहेको छ। काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नापी कार्यालय चाबहिलका अमिन बसेर नक्सा भिडाउने काम भइरहेको बताईएको छ।

बिहीबारबाटै तिनै पक्षका अमिन र सम्बन्धित वडाध्यक्ष बसेर नक्सा भिडाउन सुरु गरिएपनि सो क्रम शुक्रबार पनि जारी रहेको हो । काठमाडौँ महानगरपालिका वडानम्बर ६ र ७ तथा बुढानीलकण्ठका वडानम्बर १० र १२ वडाका अध्यक्ष अमिनहरुसँगै खटिएका छन् ।

‘वडाध्यक्षसहित अमिनहरु बसेर नक्सा भिडाउने र यकिन गरेपछि के गर्ने भन्ने निर्णयमा पुग्ने सहमति काठमाडौ महानगरसँग भएको छ। मालपोतमा नक्सा भिडाएर स्थलगत नापजाँच गर्न सुरु गर्ने तयारी भएपनि मालपोतमै काम नसकिएकाले स्थलगत प्रक्रिया अघि बढाउन नसकिएको बताईएको छ।

यता काठमाडौँ महानगरले शुक्रबार पनि सो क्षेत्रमा डोजर तैनाथ राखेको छ । नक्सा एकिन हुनासाथ खोला मिचेर बनाएका संरचना भत्काउने काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले बताए । सो क्षेत्रमा खोलो मिचेकाले बर्षायाममा बढी बस्तीमा छिरेको भन्दै स्थानीयले मिचेर बनाएका संरचना भत्काउनुपर्ने बताउँदै आएका छन् । शुक्रबार पनि स्थानीयले खोलो मिच्न पाइदैन भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *