Home  
Janahit Voice

ललिता जग्गा प्रकरणमा भट्टराई र नेपालसँग बयान लिने,युरोप भ्रमणमा रहेका नेपाल भोलि फर्कदै

२८ श्रावण २०८०, आईतवार

काठमाण्डौं- ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ।
सर्वोच्च अदालतले दुई पूर्वप्रधानमन्त्रीलाई पनि छानबिन गर्न आदेश दिएपछि सीआईबीले बयानका लागि बोलाउने तयारी गरेको हो ।

हाल युरोप भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान नेपाल फर्कने भएका छन् । स्वदेश फर्किएपछि पक्राउ नगरी बयानमा बोलाउने तयारी केन्द्रीय अनुसन्धान ब्युरोले गरेको छ ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका बताइएको छ।

नेपालसँगै भट्टराईलाई पनि बयानका लागि बोलाउने तयारी गरेको हो । प्रहरी प्रधान कार्यालय उच्चस्रोतका अनुसार सरकारले पनि ललिता निवास प्रकरणमा जोडिएका दुई प्रधानमन्त्रीको संलग्नता हो होइन भनेर बयान लिन कुनै बाधा नपर्ने संकेत गरेपछि सीआईबीले बयानका लागि उनीहरूलाई बोलाउने तयारी गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *