Home  
Janahit Voice

आज पनि कांग्रेस संसदीय दलको बैठक बस्दै

२८ श्रावण २०८०, आईतवार

काठमाडौं- आज पनि नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।

आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनमा बस्ने भएको छ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन।

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर ढंगले कुरा राखेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *