Home  
२८ श्रावण २०८०, आईतवार
पर्यटन मन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउन एयरगन
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गृह जिल्ला भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् ।
साथै गृह जिल्ला भ्रमणमा रहेका उनी स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा सहभागी भएर मन्त्री किरातीले लामखुट्टे मार्ने एयर गन समेत उपलब्ध गराए ।
भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मीनल भवन सिलान्यासको लागि गृह जिल्ला पुगेका मन्त्री किरातीले जिल्लाको ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा उपस्थित भए ।