Home  
Janahit Voice

सुन तस्करी रोक्न कर तिरेर खुला गर्नुपर्छ : सभापति देउवा

२९ श्रावण २०८०, सोमबार

काठमाण्डौं – नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए पनि कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।

मागअनुसार सुन आयात नहुँदा तस्करी हुने गरेको पनि उनको भनाइ छ।

‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन,’ देउवाका भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, नत्र यो समस्या जहिले पनि रहिरहने भयो।’

नेपालमा बाणिज्य बैंकहरूले सुन ल्याउने गर्छन्। दैनिक १० केजी सुन ल्याउने गरिएको छ। व्यवसायीहरूले भने दैनिक करिब ४० केजीसम्म माग हुने गरेको बताउने गरेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *