Home  
Janahit Voice

तस्करीको ब्रेक शु भित्रको सुन टक्सार महाशाखामा पगाल्न सुरु

२९ श्रावण २०८०, सोमबार

काठमाण्डौं – नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन पगाल्न सुरु गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको हो

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको झण्डै सय किलो सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। तर अहिलेसम्म जोखिएको थिएन।

उक्त सुन पगाल्न एक दुई दिन लाग्ने र सुन पगालेपछि कति परिणाममा सुन छ भन्ने तथ्य बाहिर आउने उनीहरुको भनाइ छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *