Home  
Janahit Voice

गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनशन बस्छु : सुनील शर्मा

२९ श्रावण २०८०, सोमबार

काठमाडौँ – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने बताए।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो ।

उनले भने, ‘मेरो माग के हो भने– यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने यो प्रजातान्त्रिक सिस्टममा सदनभित्र नैतिक हैसियत भएन भनेर तपाईंहरूको राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सांसदहरूहरूलाई बिनापक्राउ पुर्जी अरेस्ट गरिन्छ भने जनताको अवस्था के होला ? त्यसकारण मेरो माग के हो भने अहिलेको गृहमन्त्री, जसले मलाई आतंकारीजस्तो बनाएर अरेस्ट गर्नुभयो, उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ । यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ । त्यतिन्जेलसम्मका निम्ति म फेरि पनि मेरो पुरानो स्ट्यान्डलाई सभामुखमार्फत दोहोर्‍याउन चाहन्छु । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न र यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनशन बस्छु।’

उनले यसअघि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए। सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र कीर्ते आरोपमा सिआइबीले पक्राउ गरी अदालतको आदेशपछि रिहा गरेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *