Home  
Janahit Voice

विराटनगरमा दिनदहाडै तरबार प्रहारबाट एक युवक घाइते

३० श्रावण २०८०, मंगलवार

विराटनगर – विराटनगरको सन्सारीमाइस्थान नजिकै युवकहरूको तरबार प्रहारबाट २२ वर्षीय एक युवक सख्त घाइते भएका छन् । सोमबार दिउँसो मोहमद हलिममाथि एक समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ ।

सख्त घाइते भएका हलिमको उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पठाएको छ । तरबार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भास्कुलर सर्जरी गरेर जोड्नु भएकोले चिकित्सकले नोबेल पठाएका हुन् ।

विराटनगर–८ का हलिममाथि सोही वडाका युवकहरु समीर हुसेन, अमन कुरेसी, विराटनगर–११ जनपथ टोलका कुशल पाण्डे र सरोचियाका सदाब अन्सारीको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मुस्लिम सामुदायको मोहरम पर्वका बेला भएको विवादलाई लिएर मोहम्मद हलिममाथि तरवार प्रहार भएको उनका साथीहरुले बताएका छन् । विराटनगरमा मोहरम पर्वमा हलिम र समीरको समूहबीच विवाद भएको थियो । त्यही विवादमा भएको रिसइबीलाई लिएर तरबार प्रहार भएको प्रहरी अनुमान छ ।

तरबार प्रहारपछि पनि उनीहरु तरबार बोकेर त्यही बाइकमै भागे । तर, महानगरभरी छरिएर रहने प्रहरीले उनीहरुबारे केही सुइँको पनि पाएन । ‘खोजी कार्य तीव्र पारेको’ जवाफ प्रहरीले दिइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *