Home  
Janahit Voice

कोसीमा मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार, मण्डल बने राज्यमन्त्री

३१ श्रावण २०८०, बुधबार

विराटनगर- कोसी प्रदेशमा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईँले दिएको जानकारी अनुसार काँग्रेसका गयानन्द मण्डल उद्योग कृषि तथा सहकारी राज्यमन्त्री बनेका हुन ।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथग्रहण गराए।

यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् ।

जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *