Home  
Janahit Voice

५ लाख घुससहित सप्तरीमा २ जना कर्मचारी पक्राउ

३१ श्रावण २०८०, बुधबार

काठमाण्डौं – सप्तरीका २ जना कर्मचारी पाँच लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो।

इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका-३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको बताइएको छ।

जानकारीमा आएअनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *