Home  
Janahit Voice

चितवनको टिकौलीमा ८ वटा गाडी एक-आपसमा ठोक्किदा २० जना घाइते

३१ श्रावण २०८०, बुधबार

चितवनमा त्रासदीपूर्ण सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा बुधवार दिउँसो एकै ठाउँमा ८ वटा गाडी ठोक्किएका हुन् ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार पौने १२ बजे भरतपुर महानगरपालिका- ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका- ४ का ६५ वर्षीय कृष्णबहादुर तामाङ, खैरहनी-१ का ८२ वर्षीय जितबहादुर तामाङ , रत्ननगर नगरपालिका-१४ का ५५ वर्षीय कुशुम बहादुर राना, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर- ९ का ३५ वर्षीय किशोर तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ का ६५ वर्षीय मोहन तामाङ, ५५ वर्षिय डोल बहादुर कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेहरुको भरतपुर सरकारी अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक नवलपुर गैडाकोट नगरपालिका-९ का २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *