Home  
Janahit Voice

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजना घोषणा

३१ श्रावण २०८०, बुधबार

काठमाण्डौं- सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ।

प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरे ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई ०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेकाले आज औपचारिक घोषणा गरिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *