Home  
Janahit Voice

मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

३२ श्रावण २०८०, बिहीबार

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ लेवटमा करेन्ट लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएका ३२ वर्षीय अशोक स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

बुधबार दिउँसो खेतमा पानी लगाउन प्रयोग गरिएको मोटरबाट उनलाई करेन्ट लागेको थियो।

घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएका स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *