Home  
Janahit Voice

सेनापति र चिनियाँ मेजर जनरल शिष्टाचार भेटघाट

३२ श्रावण २०८०, बिहीबार

काठमाडौ -प्रधान सेनापति महारथी प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाको तिब्बत शैनिक कमाण्डरका मेजर जनरल युई एनदे बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

मेजर जनरलको नेतृत्वमा ८ सदस्यीय सिमा रक्षा प्रतिनिध टोली आजै नेपाल भ्रमणको लागि आएको हो । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागर बहादुर थापाले स्वागत गरेका थिए ।

पाँच दिवसीय भ्रमणको दौरानमा उक्त टोलीले सैनिक कमाण्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायतका सैनिक ईकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्ने पनि नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुर्‍याउँनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्‍वास लिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *