Home  
Janahit Voice

धारिलो हतियार प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१ भाद्र २०८०, शुक्रबार

बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय (श्रीमान) कृपाल सुनारले बिहीबार ४० वर्षीया (श्रीमती)केशकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाकाले जनाएको छ।

प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *