Home  
Janahit Voice

कागबेनीमा बाढीले पुरिएको डेढ करोड एक सातापछि सुरक्षित फेला

४ भाद्र २०८०, सोमबार

मुस्ताङ – मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम एक सातापछि सुरक्षित फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो।

बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको रु ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रु एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको थियो। उक्त रकम एक सातापछि फेला परेको हो। रकम सुरक्षित नै रहेको बताइएको छ।

प्रहरीका अनुसार गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैंकको भवन छुट्टाछुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने सजिलै पत्ता लगाउन सकिएको प्रहरीको भनाइ रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *