Home  
Janahit Voice

राष्ट्रपति पौडेलले आह्वान गरे सर्वदलीय बैठक

४ भाद्र २०८०, सोमबार

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक लगायतको सहभागिता रहनेछ ।

सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक-पटक संसद् अवरुद्ध पार्दै आएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिरहेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति पौडेलले परामर्श गरेका थिए ।

संसद्को गतिरोध हटाउने विषयमा आइतबार नै प्रधानमन्त्री दाहालले राखेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *