Home  
Janahit Voice

यही भदौदेखि कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवाखाजा

४ भाद्र २०८०, सोमबार

काठमाडौं – यही भदौदेखि काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गर्ने भएको छ।

गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यस वर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिकाका शिक्षा विभागले जानकारी दिएको छ।

शिक्षा विभागका अनुसार संघीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रु. १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रु. १० थप गरेर रु. २५ बनाएको थियो।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रु. १५ मा महानगरले रु. १५ थप गरी रु. ३० पुर्‍याएको बताइएको छ।

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवाखाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *