Home  
Janahit Voice

रसुवाबाट २ किलो सुनसहित २ जना पक्राउ

४ भाद्र २०८०, सोमबार

काठमाडौं – नेपाल प्रहरीले रसुवाबाट २ किलो सुन बरामद गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय, रसुवाले गरेको नियमित चेकका क्रममा लुकाएर ल्याएको २ किलो सुन साँझ बरामद गरेको हो। प्रहरीले सुनसहित २ जना लाइ पक्राउ गरेको हो।

टिमुरेबाट स्याफ्रु पैदल आउँदै गरेका सुदीप शेर्पाको साथबाट प्रहरीले बरामद गरेको हो। नियमित जाँच चेकिङका क्रममा सुन फेला परेको हो।

पक्राउ पर्नेमा भोटेकोशी- ५ का २४ वर्षीय सुदीप शेर्पा र भोटेकोशी-१ का ३० वर्षीय फुर्साङ्बु शेर्पा रहेका छन।

बरामद भएको सुन परीक्षण गरेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *