Home  
Janahit Voice

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

५ भाद्र २०८०, मंगलवार

काठमाडौँ – आज प्रतिनिधि सभा बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध नगर्ने भएको छ।
आज कार्यदलले कार्यक्षेत्र र संरचना तय गर्ने भएपछि एमाले अवरोध हटाउन तयार भएको हो।

साउन २ गते त्रिभुवन विमानस्थल बाहिरबाट ६० किलो बढी सुन बराबद भएपछि एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद बैठक अवरूद्ध गर्दै आएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *