Home  
Janahit Voice

त्रिवेणी नगरपालिकाद्वारा झाडीमा फालिएको शिशुको उद्धार

५ भाद्र २०८०, मंगलवार

बाजुरा – सोमबार बिहान बाजुराको त्रिवेणी नगरपालिका– ४ तोलीमा एक बेवारिसे शिशु फेला परेकाे छ। गाउँ नजिकै झाडीमा फेला परेकाे शिशुको त्रिवेणी नगरपालिकाले उद्धार गरेको छ।

नगरप्रमुख कर्णबहादुर थापा र उपप्रमुख कमला जैसी न्यौपाने,वडा नम्बर ४ का अध्यक्ष गणेश साउदलगायतको टोलीले शिशुको उद्धार गरेर उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगेको त्रिवेणी नगरपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुल्न सकेको छैन। भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ।

शिशुको उपचारका लागि अछाम बयालपाटा अस्पताल लगिएको त्रिवेणी नगरपालिका नगरप्रमुखका स्वकीय सचिव खेमराज गिरीले जानकारी दिएका छन्।

बेवारिसे शिशु कसले फालेको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सुरु गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *