Home  
Janahit Voice

आँखा पाक्ने समस्या अझै नियन्त्रणमा आएन, संक्रमितबाट कति दिनसम्म अरुमा सर्छ ?

६ भाद्र २०८०, बुधबार

काठमाडौं – काठमाडौं उपत्यकामा केहि समय यता प्रकोपको रूपमा फैलिइरहेको आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको बताइएको छ।

तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर एक सय ५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म पाँचदिनमा आठ सय ३० जना संक्रमित बिरामी थपिएका थिए ।

कीर्तिपुर आँखा अस्पतालको ओपीडीमा दैनिक आउनेमध्ये ३० देखि ३५ प्रतिशतमा भाइरल कन्जन्टीभाइटीस् देखिइरहेको छ ।

संक्रमण केही मत्थर भएजस्तो देखिए पनि उल्लेखनीय रूपमा नघटेको अस्पतालका डा.बताउँछन् ।

यो दर अघिल्लो साता ५० प्रतिशतभन्दा माथि थियो । तर, अहिले पनि विद्यालय उमेरका बालबालिका, युवा तथा एकै परिवारका धेरैजना सदस्य संक्रमित भएका केसहरू देखिइरहेको बताइएको छ।

बिरामीले कति दिनसम्म सार्छ अरुलाई संक्रमण ?

अहिले देखिएको भाइरल कन्जन्टीभाइटीस् बर्खायाममा मात्रै नभइ सबै सिजनमा देखिने गरेको चिकित्सकहरू बताउँछन् । प्रकोपकै रूपमा भने सन् २००३ यता योवर्ष मात्रै देखिएको हो ।

डा.का अनुसार सामान्यत: भाइरल कन्जन्टीभाइटीस् संक्रमितबाट पाँचदिनसम्म अरुलाई सर्ने जोखिम रहन्छ । औषधि सुरु गरेको भएपनि पाँचदिनसम्म संक्रमितबाट अरुमा सर्ने सम्भावना रहन्छ ।

यदि संक्रमण आँखाको नानीसम्म नपुगेको भए सातदिनसम्ममा निको हुने बाल आँखारोग विशेषज्ञ डा. बताउँछिन् । तर, लक्षण हराए पनि दुई सातासम्म नियमित औषधि प्रयोग गर्नुपर्ने छ। कन्जन्टीभाइटीस्को शंका लागेमा जथाभावी औषधि नलगाइ विशेषज्ञकहाँ पुग्न पर्ने डा.को भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *