Home  
Janahit Voice

यात्रुबाहक बस त्रिशूलीमा खस्दा आठजनाको मृत्यु

६ भाद्र २०८०, बुधबार

काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष रहेका छन।

घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।

बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।

बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बस सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। बसका पार्टपुर्जा क्षतविक्षत बनेको जनाएको छ।

अहिले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जना र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमान्डमा आठजना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको फौज उद्धारमा खटिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *