Home  
Janahit Voice

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ जना घाइते

७ भाद्र २०८०, बिहीबार

काठमाण्डौं – मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगर पालिका वडा नम्बर २२ चुरियामाईमा गय राति १ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन।

मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षका बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मिरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुरवेदी, सत्यवती र राजेन्द्र चतुरवेदी रहेका छन् । यस्तै नेपालको महोत्तरी जिल्लाको लोहार पटी नगरपालिकाका ४१ वर्षका बिजय लाल पण्डितको पनि मृत्यु भएको छ ।

२६ जना तिर्थालु बोकेको मधेश प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस गय राति १ बजेतिर बाराको जितपुरसिमरा उपमहानगरपालिका- २२ स्थित पूर्वपश्चिम राजमार्गको चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो।

दुर्टनामा १७ जना घाइते छन्। तीमध्ये तीन जना नेपाली रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीया क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षी चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया ईन्दु धाकद, १६ वर्षीया गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते छन्।

घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका- १८ जनकपुरका ४१वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका-५ का २६ वर्षीय जसबेन्दर पासवान रहेका छन।
छन्।

अनुसार घाइते एकजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । यस्तै एकजनाको हेटौँडास्थित चुरेहिल अस्पताल, एकजना सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *