Home  
Janahit Voice

स्कुस खानुका यति धेरै फाइदा

८ भाद्र २०८०, शुक्रबार

काठमाण्डौं- स्कुस निकै गुणी तरकारी हो । स्कुस घर–आँगनमा सजिलै फल्ने धेरै फल्ने, सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर स्कुस वहुउपयोगी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ । मानव स्वास्थ्यको लागि स्कुस एउटा बहुउपयोगी खानेकुरा हो । स्कुस लौका प्रजातिको एक प्रकारको तरकारी हो। यसको उत्पादन अहिले त विश्वभरि नै फैलिएको छ । एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्वहरूसहितको यो तरकारी स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो।

स्कुसका फाइदाहरू निम्न छन। छन् – १. पोषक तत्वको धनी स्कुसको सबैभन्दा ठूलो गुन भनेको यो तरकारी पोषक तत्वले धनी तरकारी हो । किनकि यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । जस्तै, एउटा २०० ग्रामको स्कुसमा निम्नलिखित पोषकतत्व पाइन्छ । क्यालोरी – ३९,कार्बाेहाइड्रेड – ९ ग्राम, प्रोटिन – २ ग्राम, भिटामिन सी –२६ प्रतिशत कपर – १२ प्रतिशत,पोटासियम – ७ प्रतिशत,म्याग्नेसियम – ५ प्रतिशत प्राप्त हुन्छ ।

यस्तो खाले पोषक तत्वका साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बाेहाइड्रेड हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ ।

२. एन्टिअक्सिडन्टको उपलब्धता- स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ । एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

३. स्वास्थ्य मुटुको लागि- स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ । यसबाहेक स्कुस फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाएको छ ।

४. रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगी: घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बाेहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ । स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्याउँछ ।

५. स्वस्थ गर्भावस्थालाई सहयोग गर्ने- स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भाधान संस्कारको तयारीमा रहेकाहरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ । प्रारम्भिक गर्भावस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका लागि फोलेट आवश्यक हुन्छ । पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क विकास र सकुशल जन्ममा समेत मद्धत गर्छ । २०० ग्रामको एउटा स्कुसले शरीरमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्ने गर्र्छ । यसैले, सन्तुलित आहारको एक भागको रूपमा स्कुस खानु स्वस्थ गर्भावस्थाको लागि उत्तम हुन्छ ।

६ क्यान्सर कम गर्न सहयोग- उच्च पोषणयुक्त फलफूल र तरकारीको उपभोगले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउने गर्छ । एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोषिकामा त्यसको असर कम गर्ने गरेको देखाएको छ । यद्यपि यी नतिजाहरू पूर्ण क्यान्सर प्रतिरोधी भनेर प्रमाणित तथ्य भने होइनन् । तर यसले क्यान्सर कमगर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमाणित विषय हो । यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ ।

७. बुढेसकालमा हुने दृष्टिदोष कम गर्न- फ्रि रेडिकल भन्ने एउटा मुख्य सिद्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्षति पुर्याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पुर्याउछ । यसैले, भिटामिन सी पर्याप्त पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको दृश्य कम गर्न मद्दत गर्छ ।

८ मिर्गाैलाको कामलाई सहज बनाउन- फ्याटी लिभर डिजिज भनेको एउटा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीकसँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ । यसरी नियमित स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्न सक्छ । मुसामा गरिएको अध्ययनले पनि स्कुस खुवाएको मुसामा कोलेस्ट्रोल र फ्याट्टी एसिडको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छेको कलेजो स्वास्थ्यमा कसरी सहयोग पुर्याउँछ ?

९ स्वस्थ रूपमा वजन बढाउन- विभिन्न अध्ययनहरूले स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या ननिम्त्याउने समेत देखाएको छ । पछि तौल घटाउनु पर्ने अवस्था आयो भने पनि सहजै घटाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौला बढाउन मद्धत गर्छ ।

१०. पाचन स्वास्थ्यलाई सहयोग पुर्याउछ- तपाईंको पाचन प्रणालीमा आवश्यक पर्ने विभिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहायक सिद्ध खानेकुरा हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *