Home  
Janahit Voice

बागमतीमा शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

८ भाद्र २०८०, शुक्रबार

काठमाडौं- नेपाल एसाेसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डाेलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’हुने भएको छ ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको आयोजकले बताएको छ। वाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको आयोजकको भनाइ रहेको छ।

ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ डुंगामार्फत जलयात्रा गरिने आयोजकले जनाएको छ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइ समेत गर्नेछन् ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि पाँच लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *