Home  
Janahit Voice

अब ५० सांसदसहित कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली

८ भाद्र २०८०, शुक्रबार

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। एमालले ४७ (बहुमत) पुर्‍याउनु पर्‍यो नि त भन्ने प्रश्नमा उनले भने, ४७ हैन ५० भन्दा बढी पुग्छ र ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। सरकार मज्जाले चल्छ।’

कोशीमा अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। उसलाई साथ दिइरहेको राप्रपाको ६ सांसद छन्।

मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेको छ। यहीबेला ओलीले एमाले सरकार बन्ने दाबी गरेका हुन्।

कोशीमा नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको पनि ओलीले बताएका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए। गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उनले आरोप लगाएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *