Home  
Janahit Voice

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिहंदरवारमा बस्दै

११ भाद्र २०८०, सोमबार

काठमाडौं- सिहंदरवारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा राष्ट्रिय विकास समस्या समाधान समितिकाे ५१औं बैठक प्रारम्भ भएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय याेजना आयाेगका पदाधिकारी उपस्थित छन् । यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतकाे उपस्थिति छ ।

बैठककाे सुरुवातमा याेजना आयाेगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *