Home  
Janahit Voice

असोज १ देखि बञ्चरेडाँडाबासीले फोहोर बिर्सजनमा रोक लगाउने

११ भाद्र २०८०, सोमबार

काठमाडौं- काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरडाँडा क्षेत्रमा पुनः असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाइने भएको छ।

काठमाडौं महानगरपालिका र संघीय सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै अबञ्चरडाँडाका स्थानियले फोहोर बिर्सजनमा रोक लगाउने भएका हुन।

बञ्चरेडाँडा संघर्ष समितिका संयोजकका अनुसार,‘फोहोर र मानिस सँगै बस्न सक्दैनौं। हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गरायौं,’ ‘तर, कतैबाट पनि सुनुवाइ भएन।’

‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

काठमाडौं उपत्यकाको फोहोरले गाउँमा समस्या निम्त्याएपछि ककनी नगरपालिकाले साउन १ गतेदेखि फोहोर बोकेका टिपरबाट शुल्क उठाउने निर्णय गरेको थियो। उठेको पैसाले फोहोरको व्यवस्थापन गर्ने योजना तय गरेको थियो।

ठूला गाडीबाट एक हजार पाँच सय र साना गाडीबाट एक हजार शुल्क उठाउने गरी ऐन नै पारित गरिएको थियो। तर सर्वोच्च अदालतले रोक लगाइदिएको थियो।

साउनमा सिसडोल र बञ्चरेडाँडाका नागरिक आन्दोलित भएका थिए। सिसडोलको फोहोर माटोले पुर्ने, बञ्चरेडाँडामा फोहोर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, दुर्गन्ध कम गर्न किटनाशक औषधी छर्कनलगायत समझदारी पछि आन्दोलन फोहोर फाल्न गरिएको अवरोध हटेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *