Home  
Janahit Voice

आफूले चलाउने गाडी छाडेर कोशी पुल छेउबाट डाक्टर बेपत्ता

११ भाद्र २०८०, सोमबार

विराटनगर- सुनसरी र उदयपुरको सीमामा रहेको चतराघाटस्थित कोशी पुलबाट मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर बेपत्ता भएका छन् । उदयपुर खण्डमा आफूले चलाउने गाडी छाडेर डाक्टर बेपत्ता भएका हुन् ।

उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको
जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

चिकित्सक डा. प्रज्ज्वल कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रदेश १ ०२ ००२ च ४१६६ नम्बरको कार छाडी रातिबाट कोइराला बेपत्ता भएका हुन् ।

स्थानीयबासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए ।बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्रमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *