Home  
Janahit Voice

प्रधानमन्त्रीजी नयाँ ढंगले सामना गर्न तयार हुनुहोला : गगन थापा

१२ भाद्र २०८०, मंगलवार

काठमाण्डौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसका सांसद गगन थापाले नयाँ ढंगले सामना गर्न तयार रहन आग्रह गरेका छन्।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदलाई जे गरे पनि हुन्छ भन्ने हिसाबबाट व्यवहार हुने गरिएकोमा असन्तुष्टि जनाएका छन्।

थापाले भने,‘संसदलाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,’

प्रधानमन्त्रीले मसँग बहुमत छ, सांसदहरू थपडी बजाउन आएका हुन् भनेर सोच्न नहुने उनले बताए। ‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ उनले भने।

उनले विधेयकहरूबारे अब समितिमै छलफल गरिने पनि बताए।

मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी सरकारले विधेयक ल्याएकोमा थापाले विरोध गरेका छन्।

‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था कांग्रेसलाई स्वीकार्य छैन,’ उनले भने, ‘कानूनमन्त्रीलाई आग्रह छ, २०७४ सालको नेकपा सरकारले गरेको ड्राफ्ट नबोक्नुस्।’

यस्तो गरी सरकारले विधेयक ल्याउनु भनेको सांसदलाई हेप्नु भएको थापाको तर्क छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *