Home  
Janahit Voice

आज देखि सुरु हुने एसिया कपमा नेपाल पाकिस्तानविरूद्ध खेल्दै

१३ भाद्र २०८०, बुधबार

काठमाडौँ- आज (बुधबार) देखि एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण सुरु हुँदैछ । अपराह्न तीन बजे पाकिस्तानको मुल्तानमा एसिया कपको उद्घाटन खेल हुँदैछ।

एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तान सँग खेल्दै छ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएको हो।

नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता रहेको छ। एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि जितिसकेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान नेपालको तुलनामा शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ ।

यी सम्पूर्ण तथ्याङ्क र परिस्थितिले के देखाउँछ भने, बुधबार हुने एसिया कपको उद्घाटन खेलमा पाकिस्तानका लागि नेपाल निकै कमजोर प्रतिद्वन्द्वी हो ।

यो एसिया कपको समूहगत चरणमा नेपालका दुबै प्रतिद्वन्द्वी उस्तै छन् । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो । दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *