Home  
Janahit Voice

क्वांटी भण्डारण गर्ने सही तरिका

१३ भाद्र २०८०, बुधबार

काठमाण्डौं- जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ ।

स्वाद र शक्ति दुवै मिल्ने भएकोले क्वाँटीको विशेषता भिन्न छ । यसले स्वास्थ्यलाई पुर्‍याउने फाइदाका कारण जनै पूर्णिमामा मात्रै नभई अन्य दिनमा पनि गेडागुडीको टुसा उमारेर खाने गरिन्छ ।

क्वाँटी भण्डारण गर्ने सही तरिकाबारे जानकारी लिनुस-

गेडागुडीमा टुसा उम्रिसकेको छ भने यसलाई सफा पानीले राम्रोसँग धुनुहोस् । २–३ पटक सफा पानीले धोएपछि यसलाई पङ्खाको हावामा सुकाउनुहोस् ।

त्यसपछि यसलाई प्लास्टिकको ब्यागमा लुज गरेर प्याक गर्नुहोस् र फ्रिजमा स्टोर गर्नुहोस् । ब्यागमा हल्का हावा जान दिनुहोस् । यसो गर्दा यो धेरै समयसम्म ताजा रहन्छ ।

टुसा उम्रिएको सबै गेडागुडीलाई एकै पटक प्याक गर्नुको साटो छुट्टा छुट्टै प्याक गर्नुहोस् । अर्थात्, एउटा प्लेटमा थोरै टुसा उम्रिएको गेडागुडी फिँजाउनुहोस् र त्यसपछि एउटा पेपर राख्नुहोस् । यो पेपरमा अर्को गुडागुडी राखेर फिँजाउनुहोस् ।

कागजको साटो तपाईंले कुनै कपडाको प्रयोग पनि गर्न सक्नुहुन्छ । यस्तो गर्दा टुसा उम्रिएको गेडागुडी ब्याक्टेरिया र दुर्गन्धबाट टाढा रहनेछ ।

टुसा उम्रिएको गेडागुडीलाई लामो समयसम्म ताजा राख्नका लागि भिजाउने समयमा यसलाई हावादार स्थानमा राख्नुहोस् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *