Home  
Janahit Voice

दुई थान पेस्तोलसहित भक्तपुरमा एकजना पक्राउ

१४ भाद्र २०८०, बिहीबार

काठमाडौं- दुई थान कटुवा पेस्तोलसहित भक्तपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोलीले उनलाई फेला पारेको थियो । त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८/३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *