Home  
Janahit Voice

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू गरिने

१४ भाद्र २०८०, बिहीबार

काठमाण्डौं- जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।

हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ। सोअनुसार पार्टीका प्रादेशीक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *