Home  
Janahit Voice

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

१४ भाद्र २०८०, बिहीबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताएका छन्। सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा मा‌ओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने,‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ। सरकारले दायाँबायाँ हेर्दैन। सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ।’

पहिले विभिन्न कारणले अलग भएका दलहरू समाजवादी मोर्चाबाट एक ठाउँमा जुटेकोले आफूलाई खुसी लागेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौं,’ उनले भने, ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन।’

केही मानिसले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु।’उनले भने,

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो । ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,’ उनले भने, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *