Home  
Janahit Voice

दोलखामा डेंगु संक्रमणबाट महिलाको मृत्यु

१४ भाद्र २०८०, बिहीबार

दोलखा- दोलखामा डेंगु संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखाको बैश्वर गाउँपालिका–३ खानीगाउँको ४० वर्षीया कल्पना राउत रहेकी छिन।

सामान्य ज्वरो आएपछि सोमबार बैतेश्वर अस्पतालमा जचाउन पुगेकी उनलाई परिक्षण गर्दा डेंगु पुष्टि भएको थियो। डेंगुको संक्रमण पुष्टिपछि आइसियुमा राख्नुपर्ने भन्दै बैतेश्वर अस्पतालले कल्पनालाई मंगलबार काठमाडौं रिफर गरेको थियो।

कल्पनाको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको उनका आफन्तले बताए।

सामान्य ज्वरो आएर अस्पताल पुगेकी महिलाको विस्तारै स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डेंगु पुष्टि भएको केही दिनमै मृत्यु भएको हो। उनका श्रीमान, एक छोरा र एक छोरी रहेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *