Home  
Janahit Voice

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा सिकिस्त

१५ भाद्र २०८०, शुक्रबार

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ भने आमा सिकिस्त बिरामी भएकी छिन।

मृत्यु हुनेमा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायत रहेका प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जीलाको बुधबार र सुदीपको बिहिबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा ५ जना रहेपनि एक छोरी र बुवा अन्यत्र भएका कारण उनले च्याउ खाएका थिएनन् । च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *