Home  
Janahit Voice

चीन भ्रमणका बेला प्रधानमन्त्रीले चुच्चे नक्साबारे कुरा उठाउने

१५ भाद्र २०८०, शुक्रबार

काठमाण्डौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनले जारी गरेको नयाँ नक्साबारे चीन भ्रमणकै बेला कुरा उठाउने भएका छन्।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा उठाउने बताएका हुन् । उनले यस विषयलाई कूटनीतिक पहलबाटै टुंगो लगाउनुपर्ने जानकारी पनि दिए।

‘पहिलो कुरा त चीनले जारी गरेको नक्साको सन्दर्भमा किन त्यस्तो हुन गयो, किन विचार पुर्याइएन? त्यति महत्वपूर्ण विषयलाई त्यहाँ समेटिएन। यसको बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ,’ सापकोटाले भने, ‘चीनसँग कुरा गरिसकेपछि कूटनीतिक पहलकदमी बढाउनुपर्छ भन्ने कुरा पनि छ। प्रधानमन्ती चीन भ्रमणमा गएका बेला यस विषयमा कुरा हुन्छ।’

गत मंगलबार चीनले आफ्नो देशको नक्सा सार्वजनिक गरेको थियो। उक्त नयाँ नक्सामा नेपालले २०७७ जेठ महिनामा जारी गरेको चुच्चे नक्सा समेटिएको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *