Home  
Janahit Voice

पोखराका चार विद्यालयहरूको काठमाडौँ विश्वविद्यालयसँगको सहकार्य

१७ भाद्र २०८०, आईतवार

पोखरा- पोखराका चार विद्यालयहरूले शिक्षण गर्ने परम्परामा परिवर्तन आवश्यक छ भन्ने मान्यतामा आधारित रहेर शैक्षिक गुणस्तरका नवीन विधि,अनुसन्धानमूलक,धारणात्मक सिकाइ अनि परियोजनाका माध्यमले सुधारको अपेक्षा गरी काठमाडौँ विश्वविद्यालयसँग गरेको सम्झौताअनुसार पोखरामा स्कुल लिडरलाई दिइने ४८ घण्टाको तालिम तालिम सम्पन्न भएको छ ।

तालिममा पोखराका बाल प्रभात बोर्डिङ,लक्ष्मी आवासीय मा.वि. बालोदय मा.वि, र जुनियर सिटिजन्स एकेडेमीका स्कुल लिडिरहरूको सहभागिता रहेको थियो ।

काठमाडौँ विश्वविद्यालयका प्रोफेसर तथा डिन बालचन्द्र लुइँटेल र सन्दीप ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।

सिकाइलाई प्रभावकारी तथा समय सापेक्ष बनाउनका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको बाल प्रभात माविका प्रिन्सिपल डिल्लीराम अर्यालले बताउनुभयो।

उक्त कार्यक्रममा लक्ष्मी आवासीय माविका प्रिन्सिपल विश्व उदिर,बालोदय माविका प्रिन्सिपल टेकनाथ पौडेल र जुनियर सिटिजन्सका प्रिन्सिपल सुन्दर ढकालले पनि कार्यक्रमको उपयोगितामाथि प्रकाश पारेका थिए।

स्कुल लिडिरहरूलाई एकीकृत पाठ्यपुस्तक ढाँचा र त्यसको अध्यापनमा अपनाइने नवीन विधि तथा परियोजनामा केन्द्रित व्यवहारिक अभ्यासको खाकासमेत प्रस्तुत गरिएको थियो।

यस सहकार्यले दक्ष र सक्षम शिक्षक अनि सिपयुक्त विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भूमिका रहने सहकार्य गर्ने विद्यालयको अपेक्षा रहेको छ।यसै कार्यक्रममा दुवै संस्थाबिच सम्झौता पत्रमा हस्ताक्षर गरी हस्तान्तरण
गर्ने काम पनि सम्पन्न भएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *