Home  
Janahit Voice

रुकुममा खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु

१८ भाद्र २०८०, सोमबार

रूकुम- रूकुम पश्चिममा खोलाले बगाउँदा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावना बुढाथोकी रहेका छन् ।

उनिहरुलाइ आइतबार अपराह्न बिद्यालयबाट घर फर्कदा घर नजिकैको खोलाले बगाएको हो।

दुवैको शव डेढ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ।

हावाहुरीले चौरजहारी नगरपालिकाका अधिकांश वडामा क्षति पुर्‍याएको बताइएको छ। घरका छाना उडाउनुका साथै भित्र्याउने बेला भएको मकै, तिल आदि बालीमा पनि व्यापक क्षति पुर्‍याएको थियो।

हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए।

विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *