Home  
Janahit Voice

गैँडाको खागसहित चार जना पक्राउ

१८ भाद्र २०८०, सोमबार

काठमाडौँ- अवैध रूपमा गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका वडा नं ७ बस्ने ३० वर्षीय प्रदीप मगर, रामेछाप मन्थली नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ बस्ने ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं.१ बस्ने ३५ वर्षीय कर्ना तामाङ रहेका छन् ।

ब्यूरोको महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ हरहर महादेव स्थानबाट दुई जना तथा अनुसन्धानको क्रममा खुल्न आएका थप दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *