Home  
Janahit Voice

वीर अस्पतालको भवनबाट खसेर एक जनाको मृत्यु

१८ भाद्र २०८०, सोमबार

काठमाडौँ- वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । सर्जिकल भवनबाट आइतबार राति २ बजे तिर हाम फालेको देखिएको छ ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको बताइएको छ। जानकारी आएअनुसार आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको बताइएको छ।

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी आफन्त कोहि नरहेको र उनी को हुन् भन्ने थाहा नभएको बताइएको छ। उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *