Home  
Janahit Voice

लुम्बिनी एमाले : नेतृत्व चयनका लागि मतदान सुरु

१९ भाद्र २०८०, मंगलवार

बुटवल– एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

सोमबार रातिदेखि नै मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै स्थगित गरिएको मतदान मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा निर्वाचन सुरु भएको हो ।

पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ ।

लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *