Home  
Janahit Voice

प्रचण्ड र ओली सिंहदरबारमा भेटवार्ता

१९ भाद्र २०८०, मंगलवार

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको छ। मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच झण्डै आधा घण्टा छलफल भएको हो ।

संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको उनको सचिवालयले जानकारी दिएको छ।

‘समसामयिक विषयमा कुराकानी भएको हो। संसदमा रहेका विधेयक र आसन्न चीन भ्रमणबारे उहाँले जानकारी गराउनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार ‘प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग नियमित छलफल गर्दै आउनुभएको छ। आजको छलफल पनि त्यसैको निरन्तरता हो।’

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै छन्। त्यहीँबाट उनी चीन भ्रमणमा जाने तयारीमा छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *